‘मायावी’को ‘टल टल टल्कियो’ गीतमा पल र दीपिकाको छमछमी
काठमाडौँ । आगामी फागुनको १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘मायावी’को दोस्रो गीत ‘टल टल टल्कियो’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्मको पहिलो गीत र पोस्टरको चर्चा सेलाउन नपाउँदै अर्को गीत ल्याएको हो ।
सार्वजनिक गीतको भिडियोमा पल शाह, दीपिका प्रसाईँ, सुशील सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकार देखिएका छन् । भिडियोमा दीपिकाको अर्कैसँग इन्गेजमेन्ट भएपछि पलले यो गीत गाएको देखिन्छ । भिडियो निकै रमाइलो बनेको छ ।
एसडी योगी र रेश्मा पुनको स्वर रहेको यो गीतमा एसडी योगीकै संगीत, राम अविरलको शब्द र कविराज गहतराजको कोरियोग्राफी छ । क्रियटिभ सिने आर्टस् र नेम महर्जनको लगानी रहेको फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताको रूपमा छन् । फिल्मको राजु पराजुली र सुमित वली सह–निर्माता हुन् ।
फिल्ममा पल र दीपिकाको अलवा सुशील सिटौला, करिश्मा श्रेष्ठ र नव–कलाकार समीम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाईँ, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारको अभिनय छ ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन् । मिलन श्रेष्ठको सम्पादन, वसन्त अधिकारीको सह–निर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी फिल्ममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण