प्रधानमन्त्री कप महिला क्रिकेट : शानदार जितसँगै सुदूरपश्चिमको विजयी सुरुवात
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा टोलीले गण्डकीलाई ७ विकेटले पराजित गरेको हो ।
१५ ओभरमा छोट्याइएकोे खेलमा गण्डकीले प्रस्तुत गरेको ५६ रनको लक्ष्य सुदूरपश्चिमले ९.५ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि ओपनर रेवती धामीले सर्वाधिक २१ रनको योगदान दिइन् । उनले २७ बलमा २ चौका प्रहार गरिन् ।
त्यस्तै, अर्की ओपनर मनिषा बोहरा ११ बलमा ९ रन जोड्दै पभेलियन फर्किइन् । कविता कुँवरले ६ बलमा दुई चौका हिर्काउँदै ८ रन बनाएर आउट भइन् ।
कप्तान विन्दु रावलले ८ बलमा ६ रन बनाउँदा विकेटकिपर शोभा रोकाया ४ रनमा नटआउट रहिन् । गण्डकीका लागि आकृति तिवारी र अपेक्षा बुढाथोकीले १–१ विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन बनाएको थियो । टोलीका लागि रेखा तामाङले २० बलमा १३ रन जोडिन् ।
त्यस्तै, कप्तान सिर्जना पौडेलले २६ बलमा १० रन बनाइन् । उनले चौका हिर्काइन् । यस्तै, निरुता जीटीले १३ बलमा ७ रन जोडिन् । उनले पनि एक चौका प्रहार गरिन् । टोलीले इनिङ्स भर मात्र दुई चौका हिर्काउन सक्यो । अन्य ब्याटरले दोहारो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमका लागि रेवती धामीले घातक बलिङ गर्दै ४ विकेट लिइन् । उनले ३ ओभरमा मात्र ९ रन खर्च गरिन् । जानकी थापा र रितु कनौजियाले १–१ विकेट हात पारे ।
गण्डकी र सुदूरपश्चिम समूह एमा रहेका छन् । यो समूहमा एपीएफ, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण