ममता र इन्दुको विस्फोटक ब्याटिङ, कर्णालीसामु विशाल लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ममता चौधरी र कप्तान इन्दु वर्माको शानदार ब्याटिङको मद्दतले विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले कर्णाली प्रदेशसामु १ सय ८३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा मात्र एक विकेटको क्षतिमा १८२ रन बनायो ।
चौधरीले अर्धशतकीय इनिङ्स खेल्दै ६६ बलमा सर्वाधिक ७८ रन जोडिन् । उनले १० चौका प्रहार गरिन् । कप्तान इन्दु वर्माले उनलाई राम्रो साथ दिइन् । वर्माले पनि अर्धशतक बनाइन् । उनले ३४ बलमा ५२ रन बनाइन् । उनले आफ्नो इनिङ्समा ७ चौका हिर्काइन् ।
एपीएफले एक्लो विकेटको रूपमा ओपनर राजमति ऐरीलाई गुमायो । ऐरीले २२ रनको योगदान दिँदै पभेलियन फर्किइन् । उनले २४ बलको सामना गर्दै ३ चौका प्रहार गरिन् । कर्णाली प्रदेशका लागि दीक्षा पुरीले ४ ओभर बलिङ गर्दै १ विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण