हिउँदे अधिवेशनबाट शिक्षा ऐन पारित गराउन कांग्रेस महामन्त्रीलाई ध्यानाकर्षण
मङ्गलबार, ०१ माघ २०८१, १७ : २४
काठमाडौँ । नेपाल शिक्षक महासंघले संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गराउन नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ध्यानाकर्षण गराएका छन् ।
कांग्रेस महामन्त्री थापालाई भेटेर संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको विधेयक चाँडो पारित गराउन ध्यानाकर्षण गराएका हुन् ।
संसद्को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गराउन ध्यानाकर्षण गराइएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
भेटको क्रममा सरकारले भर्खरै जारी गरेको अध्यादेशका सम्बन्धमा समेत गम्भीर छलफल भएको उनको भनाइ छ । महासंघले समितिमा छलफलको क्रममा रहेको विधेयक चाँडो टुङ्गो लगाउनुपर्ने माग राख्दै आएको छ । सोही आधारमा महासंघले सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण