भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जाेड दिऔँ: उपप्रमुख डङ्गोल
बुधबार, ०२ माघ २०८१, १० : ५२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएकी छिन् ।
आज काठमाडौँमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निर्माण गरिरहेका संरचनाहरू भूकम्प प्रतिरोधी छन् की छैनन् र पूर्वतयारी कस्तो छ भनेर अहिले मूल्याङ्कन गर्ने समय भएको बताइन् ।
भूकम्प प्रतिरोधी संरचना नभए आगामी दिनमा ठुलो क्षति व्यहोर्नुपर्ने भन्दै उनले विशेष ध्यान दिन जरुरी रहेको बताइन् । आफूले गरेका कामहरूको मूल्याङ्कन गरेर भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा उनको जोड छ ।
विसं १९९० माघ २ गतेका दिउँसो २ः२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आजको दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म
-
गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौँमा स्वागत, तस्बिरहरू
-
साँस्कृतिक महासंघ रौतहटको अध्यक्षमा पासवान
-
फोटोनले १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान कायम गर्यो
-
क्रान्तिकारीलले स्ववियु घोषणापछि आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाद
-
पर्यटन व्यवसायीबिच ‘व्यवसायिक साझेदारी बैठक’