अध्यादेशबारे जानकारी दिन प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी भएका अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने भएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर अध्यादेशका विषयवस्तु सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अध्यादेशबारे आलोचना र विरोध भएपछि प्रधानमन्त्री अध्यादेशका विषयवस्तु सार्वजनिक गर्ने निर्णयमा पुगेको बुझिएको छ । सरकारले पुस २६ गते विभिन्न ५ अध्यादेश ल्याएको थियो । तर, राष्ट्रपति कार्यालयले सोमबार सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मात्र जारी गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धि अध्यादेश अध्ययन गर्नुपर्ने भन्दै होल्ड गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण