राष्ट्रपतिद्वारा तीन जनालाई गैरआवासीय राजदूत नियुक्त
बुधबार, ०२ माघ २०८१, १७ : ३८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई गैरआवासीय राजदूतलाई नियुक्त गरेका छन् । पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरेका हुन् ।
क्यानडाका लागि नेपालको आवासीय राजदूतमा भरतराज पौड्याललाई गणतन्त्र क्यूवाका लागि, थाइल्यान्डका लागि नेपालको आवासीय राजदूत धन बहादुर ओलीलाई समाजवादी गणतन्त्र भियतनामका लागि र ब्राजिलका लागि नेपालका आवासीय राजदूत निर्मलराज काफ्लेलाई भेनेजुएलाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण