कप्तान इन्दुको अलराउन्ड प्रदर्शनसामु निरीह बन्यो सुदूरपश्चिम
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सुदूरपश्चिम प्रदेशमाथि शानदार जित हात पारेको छ । समूह ए अन्तरगतको खेलमा एपीएफ ५९ रनले विजयी बनेको हो ।
१८ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले जितका लागि १ सय २७ रनको लक्ष्य पाएको थियो । तर, टोलीले १८ ओभरमा ६ विकेटको क्षतिमा ६७ रन मात्र बनाउन सक्यो । टोलीका लागि कविता कुँवरले ३४ बलमा सर्वाधिक २९ रनको योगदान दिइन् ।
उनले ४ चौका प्रहार गरिन् । तर, अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । एपीएफका लागि इन्दु वर्मा र कविता जोशीले २–२ विकेट लिए भने शबनम राईले १ विकेट हात पारिन् ।
यसअघि पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित १८ ओभरमा २ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो । कप्तान इन्दु वर्माले अर्धशतकीय इनिङ्स खेलिन् । उनले मात्र ४५ बलमा ५८ रन बनाइन् । यसक्रमा उनले १० चौका प्रहार गरिन् ।
उनलाई ममता चौधरीले ३६ रन बनाउँदै राम्रो साथ दिइन् । चौधरीले ४९ बलमा सामना गर्दै १ चौका प्रहार गरिन् । कविता जोशीले ९ बलमा १३ रन हिर्काइन् । सुदूरपश्चिमका लागि एक मात्र विकेट जानकारी थापाले लिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण