इटहरीमा मेगा किचन : सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजा
इटहरी । इटहरीमा सामाजिक सेवा र शिक्षाको क्षेत्रमा नयाँ आयाम थप्दै एरिना को टिफिनले मेगा किचन सञ्चालनमा ल्याएको छ। यस किचनमार्फत अब सामुदायिक विद्यालयका विद्यार्थीहरूले पौष्टिक र स्वच्छ दिवा खाजा प्राप्त गर्न सक्नेछन् ।
गत आर्थिक वर्ष इटहरी उपमहानगरपालिकाले ठेक्का प्रक्रियाबाट इटहरीका सबै सामुदायिक विद्यालयमा नेपाल कै पहिलो मेगा किचनबाट सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको थियो । यो आर्थिक वर्षमा रोकिएको मेगा खाजा कार्यक्रम यो वर्ष विद्यालयसँग को सम्झौतामा एरिना को खाजा ले मेगा किचन सुरु गरेको छ ।
पहिलो चरणमा, इटहरीका केही सामुदायिक विद्यालयहरूलाई लक्षित गरेर यो कार्यक्रम लागू गरिनेछ। यस कम्पनीका फुड एडभाईजर आस्मा खुलालको भनाइअनुसार बालबालिकाहरूको स्वास्थ्य, पोषण, र शैक्षिक प्रदर्शन सुधार गर्ने उद्देश्यले मेगा किचन स्थापना गरिएको हो।
विद्यालयका विद्यार्थीहरू प्रायः खाजा अभावका कारण भोकै पढ्न बाध्य हुन्छन्। यसले उनीहरूको पढाइमा नकारात्मक असर पर्छ। हामीले यो किचन सुरु गरेर शिक्षामा सानो भए पनि सकारात्मक योगदान दिने लक्ष्य लिएका छौँ । कम्पनीका निर्देशक कञ्चन थापा बताउँछिन् । यो अभियानले समाजमा ठुलो उदाहरण प्रस्तुत गरेको छ। अभिभावकहरू र विद्यालय प्रशासनले यो पहलको खुलेर प्रशंसा गरेका छन् ।
आगामी दिनमा मेगा किचनलाई थप विद्यालयहरूमा विस्तार गर्ने र स्थानीय समुदायलाई यस अभियानमा सहभागी गराउने योजना रहेको थापा बताउँछिन्
थापाको अनुसार जस्तै आइतबार भेज फ्राई कम्तीमा १२० ग्राम सोमबार मसला मिक्स हलुवा १८० ग्राम मङ्गलवार चनामटर चिउरा २०० ग्राम बुधवार खिचडी २०० ग्राम बिहीबार खिर २०० ग्राम शुक्रवार महिना को दुई शुक्रवार कुखुराको मासु ८० ग्राम चिउरा दुई शुक्रवार भेज बिरयानी २०० ग्राम भेनु रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
-
शिक्षा मन्त्रीको दोहोरो कुराः एकातिर छानबिन समिति, अर्कोतिर ‘नतिजा त्रुटिहीन’ रहेको दाबी
-
असार लागेपछि ७१ कर्मचारीको राजीनामा, बढ्यो अनुपात
-
रामकुमारी झाँक्रीको प्रश्न : संवैधानिक निकायले किन हैसियत गुमाए ?
-
सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा
-
२०२६ विश्वकप अपडेट: ४८ मध्ये कुन-कुन राष्ट्र भए आउट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण