६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति

काठमाडौँ । ६ महिनाको अवधिमा ३ लाख ९३ हजार नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्मको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका हुन् ।
विभागका अनुसार पुस महिनामा मात्रै ६७ हजार २५८ जनाले श्रम स्वीकृति लिँदा पुरुष ६० हजार १५३ जना र महिला ७ हजार १०५ जना रहेका छन् । जसमध्ये पुस महिनामा व्यक्तिगत तवरबाट १० हजार ८५ जना र मेनपावरबाट २९ हजार ३१८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।
यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार २०३ जना रहेको छ । यस्तै जीटुजी मार्फत ३ हजार ७५५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति पाएका छन् ।
६ महिनाको अवधिमा व्यक्तिगत तवरबाट वैदेशिक रोजगारीमा जानका लागि कुल ६४ हजार ४५९ जनाले श्रम स्वीकृति लिँदा मेनपावरबाट१ लाख ६१ हजार १६६ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै पुन: श्रम स्वीकृति लिनेको कुल सङ्ख्या १ लाख ६२ हजार ६२८ जना रहेको छ । यस्तै जीटुजीमार्फत वैदेशिक रोजगारीमा जानका लागि कुल ४ हजार ८१४ जनाले ६ महिनाको अवधिमा श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो साता नेपाल राष्ट्र बैंकले पाँच महिनाकै अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई रु.६४० अर्ब ४३ करोड पुगेको जनाएको थियो । जसअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।
यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु ६९९ अर्ब ३४ करोड पुगेको तथा अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.६६९ अर्ब ७७ करोड रहेको बैंकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय प्रहरीको गोली लागेर एक नेपाली घाइते, मोटरसाइकल चोरीको आरोप
-
एनआरएनए एकता महाधिवेशनसम्बन्धी रिपोर्ट परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
-
अब प्रदीप नेपाल सम्झनामा मात्रै, पशुपतिमा अन्तिम बिदाइ (फोटोफिचर)
-
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा
-
आर्मी र गण्डकी राष्ट्रिय पुरूष हक्की प्रतियोगिताको फाइनलमा
-
रोनाल्डोका छोरा पोर्चुगलको यू–१५ टोलीमा समावेश