६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
काठमाडौँ । ६ महिनाको अवधिमा ३ लाख ९३ हजार नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्मको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका हुन् ।
विभागका अनुसार पुस महिनामा मात्रै ६७ हजार २५८ जनाले श्रम स्वीकृति लिँदा पुरुष ६० हजार १५३ जना र महिला ७ हजार १०५ जना रहेका छन् । जसमध्ये पुस महिनामा व्यक्तिगत तवरबाट १० हजार ८५ जना र मेनपावरबाट २९ हजार ३१८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।
यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार २०३ जना रहेको छ । यस्तै जीटुजी मार्फत ३ हजार ७५५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति पाएका छन् ।
६ महिनाको अवधिमा व्यक्तिगत तवरबाट वैदेशिक रोजगारीमा जानका लागि कुल ६४ हजार ४५९ जनाले श्रम स्वीकृति लिँदा मेनपावरबाट१ लाख ६१ हजार १६६ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै पुन: श्रम स्वीकृति लिनेको कुल सङ्ख्या १ लाख ६२ हजार ६२८ जना रहेको छ । यस्तै जीटुजीमार्फत वैदेशिक रोजगारीमा जानका लागि कुल ४ हजार ८१४ जनाले ६ महिनाको अवधिमा श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो साता नेपाल राष्ट्र बैंकले पाँच महिनाकै अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई रु.६४० अर्ब ४३ करोड पुगेको जनाएको थियो । जसअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।
यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु ६९९ अर्ब ३४ करोड पुगेको तथा अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.६६९ अर्ब ७७ करोड रहेको बैंकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण