यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता
आइतबार, ०६ माघ २०८१, १० : ३४
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अलि खानमाथि बिहीबार चक्कु प्रहार गर्ने व्यक्तिबारे प्रहरीले एक पछि अर्को खुलासाहरू गरिरहेका छन् । प्रहरीले पत्रकार सम्मेलनमा आइतबार बिहान बताएअनुसार आरोपीको कनेक्सन बङ्गलादेशसँग हुन सक्ने बताएको छ ।
आरोपी चोरी गर्ने उद्देश्यले अभिनेताको घरमा छिरेको भनिएको छ । आरोपीको नाम मोहम्मद शरीफुल इस्लाम शहजाद भएको बताइएको छ । आरोपी अवैध रूपमा भारत छिरेको अनि यहाँ आएपछि नाम फेरेको प्रहरीले बताएको छ ।
मुम्बई प्रहरीको जोन ९ का डीसीपी दीक्षित गेडामका अनुसार ५–६ महिना अघि मात्रै मुम्बई आएका आरोपी हाउसकिपिङ एजेन्सीमा काम गर्थे आरोपीको उमेर ३० वर्ष भनिएको छ । अभियुक्तलाई अदालतमा पेश गरी हिरासतमा लिने प्रहरीले बताएको छ ।
सैफ अली खानमाथि चक्कु प्रहारको मामिला मुम्बई बान्द्रा प्रहरी स्टेशनले हेरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण