यस्तो रहेछ सैफलाई घाइते बनाउने आक्रमणकारीको वास्तविकता
आइतबार, ०६ माघ २०८१, १० : ३४

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अलि खानमाथि बिहीबार चक्कु प्रहार गर्ने व्यक्तिबारे प्रहरीले एक पछि अर्को खुलासाहरू गरिरहेका छन् । प्रहरीले पत्रकार सम्मेलनमा आइतबार बिहान बताएअनुसार आरोपीको कनेक्सन बङ्गलादेशसँग हुन सक्ने बताएको छ ।
आरोपी चोरी गर्ने उद्देश्यले अभिनेताको घरमा छिरेको भनिएको छ । आरोपीको नाम मोहम्मद शरीफुल इस्लाम शहजाद भएको बताइएको छ । आरोपी अवैध रूपमा भारत छिरेको अनि यहाँ आएपछि नाम फेरेको प्रहरीले बताएको छ ।
मुम्बई प्रहरीको जोन ९ का डीसीपी दीक्षित गेडामका अनुसार ५–६ महिना अघि मात्रै मुम्बई आएका आरोपी हाउसकिपिङ एजेन्सीमा काम गर्थे आरोपीको उमेर ३० वर्ष भनिएको छ । अभियुक्तलाई अदालतमा पेश गरी हिरासतमा लिने प्रहरीले बताएको छ ।
सैफ अली खानमाथि चक्कु प्रहारको मामिला मुम्बई बान्द्रा प्रहरी स्टेशनले हेरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन