आर्मीका बलरसामु निरीह बने मधेस प्रदेशका ब्याटर

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेस प्रदेशका ब्याटरले निराशाजनक प्रदर्शन गरेका छन् । धनगढीस्थित फाप्ला मैदानमा खेलिएको खेलमा टस जिती ब्याटिङको निर्णय लिएको मधेश प्रदेश १५२ ओभरमा केवल २५ रन बनाउँदै अलआउट भयो ।
मधेश प्रदेशका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेश प्रदेशका सात ब्याटरले त खातासम्म खोल्न सकेनन् । दुवै ओपनर प्रतिमा साह र सिमा कुँवर खाता खोल्नुअघि नै पेभेलियन फर्किए । कप्तान सरस्वती पनि शून्य रनमै आउट भइन् ।
रोजी कडारी, मोनिका साह, दिपा राम र प्रज्ञाँ क्षेत्रीले पनि खाता खोल्न सकेनन् । नवौँ नम्बरमा क्रिज समाल्न आएकी भूमी सिंहले सर्वाधिक १० रन बनाइन् । भूमी वाहेक अन्य कुनै पनि ब्याटरले बनाएभन्दा बढी रन त मधेश प्रदेशले अतिरिक्त रुपमा पाएको थियो ।
मधेश प्रदेशले अतिरिक्त रुपमा सात रन पायो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी साक्षी यादवले चार रन बनाइन् । शिवानी साह तीन रन बनाउँदै आउट भइन् ।
त्रिभुवन आर्मी क्लबका बलर आश्मा पुलामी मगरले तीन तथा लक्ष्मी साउद र मनिषा चौधरीले दुई–दुई विकेट लिए । इश्वरी बिष्ट र सिता शाहीले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी