आक्रमणकारीलाई प्रहरीले किन लग्यो सैफ अली खानको घर ?
नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गरेको आरोप लागेका मोहम्मद शरीफुल इस्लाम शहजादलाई प्रहरीले सैफको अपार्टमेन्टमा लगेको छ । गत बुधबार राति सैफमाथि भएको आक्रमणका दृश्यहरू रिक्रियट गर्न प्रहरीले शहजादलाई बान्द्रास्थित लगेको समाचारमा उल्लेख छ ।
आरोपीले आक्रमण कसरी गरे भनेर पत्ता लगाउन सकियोस् भनेर यसो गरिएको थियो । सैफको घरपछि प्रहरीले उनलाई नेशनल कलेज बस स्टप, बान्द्रा रेलवे स्टेशन पनि लगेको थियो । त्यसपछि भने प्रहरीले आरोपीलाई बान्द्रा प्रहरी चौकीमा फिर्ता ल्याएको थियो ।
यी सबैको पछाडि प्रहरीको मुख्य उद्देश्य सैफमाथि भएको आक्रमणको सम्पूर्ण सत्य पत्ता लगाउनु र अभियुक्त विरुद्ध उचित प्रमाण सङ्कलन गर्नु भएको प्रहरीले बताएको छ ।
हालै मुम्बई प्रहरीले सैफमाथि आक्रमण गर्ने व्यक्तिलाई पक्राउ गरेको थियो । अभियुक्त बंगलादेशको नागरिक हुन सक्ने दाबी प्रहरीले गरेको छ । प्रहरीले आक्रमणको पछाडि विदेशी षड्यन्त्रको कोणबाट पनि अनुसन्धान गरिरहेको छ ।
सैफको यतिबेला मुम्बईको लीलावती अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा तीव्र सुधार भइरहेको डाक्टरहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण