भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
वासिङ्टन डीसी । ट्रम्पको दोस्रो कार्यकालमा भारतका विदेशमन्त्री एस जयशंकरले नयाँ अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भारत र अमेरिकाबीच पहिलो द्विपक्षीय वार्ता गरेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्टमार्फत जयशंकरले यो जानकारी दिएका हुन् ।
‘विदेशमन्त्रीको पदभार ग्रहण गरेपछि मार्को रुबियोलाई भेट्न पाउँदा खुशी लाग्यो । हामीले दुई देशहरू बीचको पारस्परिक साझेदारीको बारेमा छलफल गर्यौ, जसको उनले धेरै जोडदार रूपमा वकालत गर्दै आएका छन् । उनले लेखेका छन् ।
यस कुराकानी क्रममा आफूहरूले क्षेत्रीय र बृहत् विश्वव्यापी मुद्दाहरूमा हाम्रा विचारहरू साटेको पनि उनले बताए । भविष्यमा रणनीतिक सहयोगमा मार्को रुबियोसँग मिलेर काम गर्ने आशा पनि जयशंकरले व्यक्त गरेका छन् ।
आप्रवासीहरूको मुद्दा
भारतबाट आउने अवैध आप्रवासीहरूको मुद्दा बैठकमा रुबियोले उठाएको अमेरिकी विदेश मन्त्रालयले बताएको छ । ‘आफ्ना भारतीय समकक्षीसँगको भेटमा, विदेशमन्त्री बियोले अनियमित आप्रवासनको मुद्दामा मिलेर काम गर्ने इच्छा व्यक्त गरे ।’ अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।
रुबियोले आर्थिक सम्बन्धलाई अगाडि बढाउन र अनियमित आप्रवासनसँग सम्बन्धित चिन्ताहरूलाई सम्बोधन गर्न भारतसँग काम गर्ने ट्रम्प प्रशासनको इच्छालाई पनि प्रकाश पारे विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले एक विज्ञप्तिमा भनेका छन् । यसअघि जयशंकरले अमेरिकाका नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जलाई भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण