‘बजर’ विवादमा निर्देशक पौडेलको प्रतिक्रिया– शोमा नयाँ दर्शकको आगमन भयो
काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल–६’ मा गायक खेम सेन्चुरीले खुट्टाले ‘बजर’ थिचेको विषय यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । यस विषयको पक्ष तथा विपक्षमा विभिन्न बहसहरू भइरहेका छन् ।
‘द भ्वाइस अफ नेपाल–६’का निर्देशक लक्ष्मण पौडेलले भने यस विषयमा फरक धारणा राखेका छन् । पौडेलले यस्तो विवाद भित्रिनु भनेको शोमा नयाँ दर्शकको आगमन भएको बुझ्न सकिने बताएका छन् ।
‘खेमजीले गर्दा शोमा केही नयाँ दर्शक पनि भित्रिएका छन् जो फरक जनरामा विश्वास राख्नुहुन्छ’, पौडेलले भने, ‘नयाँ दर्शकले शोमा खुट्टाले बजर हानेको पहिलो पटक देखेको हो । यो विवाद त्यसैको प्रतिक्रिया हो ।’
रेगुलर शो हेर्दै आएका दर्शकका लागि यो नौलो नभएको पौडेलको भनाइ छ । अहिले सामाजिक सञ्जाल अनियन्त्रित हुँदै गइरहेको पौडेलको धारणा छ ।
पौडेलका अनुसार कोचमात्र होइन भ्वाइसलाई पनि यसै गरेर गाली गरिन्छ । कसले कस्तो प्रतिक्रिया दिन्छ आफूले त्यस्तै खालको दर्शकको रूपमा मूल्याङ्कन गर्ने पौडेलको धारणा छ ।
‘द भ्वाइस अफ नेपाल’मा सुरुमा खुट्टाले बजर थिच्ने कोच अभया सुब्बा हुन् । त्यसपछि राजु लामा, राजेशपायल राई, प्रमोद खरेल, मिलन नेवार लगायतका कोचले यसअघि खुट्टाले बजर थिचिसकेका छन् । कसैको समयमा विवाद भने निम्तिएन । अहिले खेम सेन्चुरीको समयमा आएर विवाद निम्तिएको हो ।
‘द भ्वाइस अफ नेपाल’को यतिबेला सिजन ६ को ‘ब्लाइन्ड अडिसन’ चलिरहेको छ । यस पटक कोचहरूमा केही परिवर्तन भएका छन् । गायक खेम सेन्चुरी पनि यस पटक कोचको रूपमा भित्रिएका हुन् ।
शोको दोस्रो भागमा गायक सेन्चुरीले इन्द्रकला राईले गीत गाइसकेपछि उत्साहित हुँदै ‘बजर’लाई खुट्टाले थिचेका थिए । सबैजसो कोचले हातले ‘बजर’ थिचिरहेको समयमा सेन्चुरीले भने उत्साहित हुँदै कुर्सीमा उभिएर बजर थिचेको विषय अहिले विवादमा परेको हो । शोको मुख्य आकर्षण नै ‘बजर राउण्ड’ हो । सेन्चुरीले ‘बजर’को इज्जत राख्न नसकेको भन्दै आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ
-
एसियाली बजारमा आज तेलको मूल्य १ प्रतिशतले बढ्याे
-
दरबारदेखि रानीकुवासम्मः इतिहास, जनश्रुति र संरक्षणको मौन साक्षी
-
इरानमा थप ९० सैन्य लक्ष्यमा आक्रमण गरेको अमेरिकाको दाबी
-
बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण