एसियाली बजारमा आज तेलको मूल्य १ प्रतिशतले बढ्याे
सारांश
- इरान र अमेरिकाबिचको तनाव पुनः चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही सातायताकै उच्च स्तरमा पुगेको छ ।
- एसियाली कारोबारमा तेलको मूल्य करिब १ प्रतिशतले बढेको हो ।
- यो वृद्धिसँगै तेलको मूल्य जुन महिनाको मध्यतिर देखिएको स्तर नजिक पुगेको हो ।
न्यूयोर्क । इरान र अमेरिकाबिचको तनाव पुनः चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही सातायताकै उच्च स्तरमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको शान्ति सम्झौता समाप्त भएको बताएका भोलिपल्ट एसियाली कारोबारमा तेलको मूल्य करिब १ प्रतिशतले बढेको हो ।
इरानले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजहरूलाई लक्षित आक्रमण गरेपछि पश्चिम एसियाबाट हुने विश्व बजारमा ऊर्जा आपूर्तिमा थप अवरोध आउन सक्ने चिन्ता बढेको छ । यही कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उकालो लागेको विश्लेषण गरिएको छ ।
कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ बिहीबार करिब १ प्रतिशतले बढेर प्रति ब्यारेल ७८ डलर ८० सेन्टमा पुगेको छ । त्यस्तै, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुड पनि उही दरले बढेर प्रति ब्यारेल ७४ डलर ३० सेन्टमा पुगेको छ ।
यो वृद्धिसँगै तेलको मूल्य जुन महिनाको मध्यतिर देखिएको स्तर नजिक पुगेको हो । त्यतिबेला अमेरिका र इरानले द्वन्द्व अन्त्यका विषयमा छलफल गर्न अन्तरिम सहमतिको घोषणा गरेका थिए । हालको मूल्य युद्धको प्रारम्भिक चरणमा स्तरभन्दा अझै तल छ । युद्ध सुरु हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब १२० अमेरिकी डलरसम्म पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
-
इतिहासकै सबैभन्दा रोमाञ्चक गोल्डेन बुट दौड : कसले मार्ला बाजी ?
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण