नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा भएका कर्मचारीलाई ६ महिना कैद
काठमाडौँ । विशेष अदालतले नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी बढुवा भएको सम्बन्धी एउटा मुद्दामा सम्बन्धित कर्मचारीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । अदालतले बीपी मेमोरियल क्यान्सर अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवाका लागि एसएलसी तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका मनसुन नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा दोषी ठहर गरेको हो ।
निज मनसुन नेपालले ०७८ चैत २१ मा बढुवा प्रयोजनका लागि एसएलसी उत्तीर्ण भएको प्रमाणपत्र पेस गरेको र ०७९ असोज २८ गते बढुवा भएको इजलासको ठहर छ । निजले पेस गरेको शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ‘नट भेरिफाइड’ भनी पत्रअनुसार जानकारी गराएको देखिएको अदालतले फैसलामा उल्लेख गरेको छ ।
प्रतिवादी मनसुन नेपाललाई विशेष अदालतले अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम ४०० रुपैयाँ क्षतिपूर्ति बुझाउन समेत आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण