१६औँ योजनाको कार्यान्वयनलाई व्यवस्थित बनाइने
काठमाडौँ । राष्ट्रिय योजना आयोगले तीनै तहका सरकारबिच सहकार्य र समन्वय गर्दै १६औँ योजनाको कार्यान्वयनलाई व्यवस्थित बनाइने जनाएको छ ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले १६ औँ योजना समृद्ध नेपाल, सुखी नेपालीको आधारशिलामा तयार भएकाले तीनै तहका सरकारबिच सहकार्य र समन्वय गर्दै कार्यान्वयनलाई व्यवस्थित बनाइने जनाएको हो ।
१६ औँ योजना कार्यान्वयनमा दिगो विकास लक्ष्य स्थानीयकरण र अतिकम विकसित देशबाट स्तरोन्नति हुने लक्ष्यलाई प्राथमिकतामा राखिएको आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले बताए ।
आयोगले आन्तरिक सुधारका महत्त्वपूर्ण कदमहरू चालेको र आयोजना बैंकको व्यवस्थित र अद्यावधिक गर्न खोजिएको जनाएको छ । योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै आर्थिक वृद्धिलाई प्रवर्द्धन र जनताको जीवनस्तर सुधार गर्नका लागि मार्गदर्शन प्रदान गरेको उपाध्यक्ष अधिकारीले बताए । यस योजनाको प्रभावकारी कार्यान्वयनका लागि विषयगत योजनालाई क्षेत्रीय कार्यान्वयन रणनीतिमा रूपान्तरण गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
सामाजिक न्याय र समान विकासलाई सुनिश्चित गर्न सबै वर्ग र समुदायलाई योजनाको फाइदा पुर्याउने गरी कार्यक्रमहरू निर्माण र कार्यान्वयन गरिने आयोगले जनाएको छ । राष्ट्रिय योजना आयोगले समपूरक अनुदान र विशेष अनुदान मार्फत स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण