कोशी मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन
कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज प्रदेश प्रमुख परशुराम खापुङलाई सातौँ वार्षिक प्रतिवेदन बुझाएको छ ।
प्रमुख खापुङलाई प्रदेश प्रमुखको कार्यालयमा मुख्य न्यायाधिवक्ता नारायण बस्तीले आर्थिक वर्ष २०८०र८१ का सातौँ वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेशमा सरकारका तर्फबाट कानुन लागू गर्न महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको उल्लेख गरे । उनले न्यायाधिवक्ताको कार्यालयले समुदाय र स्थानीय तहका न्यायिक समितिलाई कानुनी रूपमा सुदृढ गर्दै आइरहेको बताए ।
मुख्य न्यायाधिवक्ता बस्तीले कार्यालयले प्रदेश कानुन कार्यान्वयन, समुदाय र विद्यार्थीसँग न्यायाधिवक्ता कार्यक्रम सञ्चालन गरी प्रदेश कानुनसम्बन्धी जानकारी गराउँदै आएको बताए ।
मुख्य न्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा दुई सय ११ मुद्दामध्ये एक सय चार वटा मुद्दा फर्छ्यौट गरेको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महामन्त्रीमा जगदिश खरेलको उम्मेदवारी दर्ता
-
रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल
-
रास्वपा महामन्त्रीमा गणेश कार्कीको उम्मेदवारी दर्ता
-
आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउट चरणमा
-
४ पटकको विश्व विजेता जर्मनीलाई इक्वेडरको झट्का, हारका बाबजुद जर्मनी र आइभोरी कोस्ट अन्तिम ३२ मा
-
इक्वेडरको सनसनीपूर्ण पुनरागमन: ७७औँ मिनेटमा गोल गर्दै जर्मनीविरुद्ध २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण