नोमनको ऐतिहासिक ह्याट्रिक, १ सय ६३ रनमा समेटियो वेस्ट इन्डिज
मुल्तान । नोमन अलीले ह्याट्रिक लिएपछि दोस्रो टेस्टको पहिलो इनिङ्समा वेस्ट इन्डिज १ सय ६३ रनमा सीमित बनेको छ । अली टेस्ट क्रिकेटमा ह्याट्रिक लिने पाकिस्तानको पहिलो स्पिनर हुन् ।
उनले १२ औँ ओभरको पहिलो तीन बलमा जस्टिन ग्रिभेस, टेभलिन इमाल्च र केभिन सिंक्लेयरलाई आफ्नो सिकार बनाउँदै ह्याट्रिक पूरा गरे । त्यतिबेला वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा मात्र ३८ रन बनाएको थियो ।
त्यसपछि पुछारका ब्याटर गुणकेश मोती, केमार रोच र जोमेल वारिकनले वेस्ट इन्डिजको इनिङ्सलाई डोर्याएका थिए । मोतीले ८७ बलमा ५५ रन जोडे । उनले ४ चौका हिर्काए ।
केमार रोचले ४५ बलमा २५ रन बनाए भने वारिकनले ४० बलमा ३६ रन बनाउँदै नटआउट रहे । वारिकनले १ चौका र २ छक्का प्रहार गरे । केभेम हजले २१ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
अलीले १५.१ ओभर बलिङ गर्दै ४१ रन खर्चेर ६ विकेट लिए । साजिद खानले २ विकेट तथा कासिफ अली र अब्रार अहमेदले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
-
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
-
‘चमेलीको पोइ’को मुख्य भूमिकामा नारायण त्रिपाठी
-
पहिलो हाफ सकिँदा न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता, इजिप्ट–इरान बराबरीमा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानको पुनरागमन, रमिन रेजैनले बराबरी गोल गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण