अभिनेत्री ममता कुलकर्णी बनिन् माई ममता नन्द गिरी
शनिबार, १२ माघ २०८१, १३ : ४४
लखनउ । ९० को दशककी चर्चित चलचित्र अभिनेत्री ममता कुलकर्णीले शुक्रबार प्रयागराजमा चलिरहेको कुम्भ मेलाबाट आफ्नो आध्यात्मिक यात्रा सुरु गरेकी छिन् । समाचार वेबसाइट द हिन्दुका अनुसार उत्तर प्रदेश सरकारले उनलाई अब माई ममता नन्द गिरीको नामले चिनिने बताइएको छ ।
द हिन्दुका अनुसार उत्तर प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा ममता कुलकर्णीले कुम्भ मेलाको समयमा किन्नर अखाडामा संन्यास लिएकी थिइन्, त्यसपछि उनलाई नयाँ नाम दिइएको बताइएको छ ।
पिण्ड दान गरेपछि उनको पट्टाभिषेक किन्नर अखाडामा गरिएको थियो । मिडियासँग कुरा गर्दै अभिनेत्री ममता कुलकर्णीले भनिन् , ‘यो महादेव महाकालीको आदेश र मेरो गुरुको आदेश थियो । आज उनीहरूले रोजेको दिन थियो र मैले केही गरेन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण