पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्षमा भुसालको उम्मेदवारी
काठमाडौँ । लोकराज भुसालले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। परिषद्को नेतृत्व चयनका लागि आगामी माघ १८ गते हुन गइरहेको निर्वाचनमा भुसालले उपाध्यक्षका लागि उम्मेदवार दिएका हुन् ।
नेपालको श्रमिक र पेसागत आन्दोलनमा लामो समयदेखि सक्रिय भुसालले पेशाकर्मीहरूको हक, हित, सामाजिक सुरक्षा, क्षमता विकास र मर्यादित वातावरण सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । उनी नेपाल पारा–भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसनको संस्थापक सदस्य हुन् र २०४७ सालदेखि निरन्तर नेतृत्वदायी भूमिकामा छन्।
पेसाकर्मीहरूको ३५ वर्षको प्रयासबाट २०७९ सालमा संसदबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद् ऐन लागू भएको थियो । ऐनको आधारमा परिषद् गठन भएको हो। यसको प्रभावकारी कार्यान्वयनका लागि भुसाल तदर्थ समितिमा सक्रिय सदस्यका रूपमा कार्यरत छन्।
परिषद्को पहिलो ऐतिहासिक निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवारको रूपमा भुसालले पेसागत मर्यादा, दक्षता र सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने बताएका छन् ।
पशुपन्छी तथा मत्स्य क्षेत्रको दिगो विकास र आर्थिक समृद्धिका लागि प्राविधिक क्षमता अभिवृद्धि गरी गुणस्तरीय र जवाफदेही सेवा प्रवाह गर्ने योजना अघि सार्ने उनको प्रतिबद्धता छ । नेपालका पशुपन्छी तथा मत्स्य क्षेत्रको समग्र विकासका लागि आफू पूर्ण रूपमा समर्पित रहने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्रिन सुरु
-
मोरङमा टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण