फिल्म ‘डोरी’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ । २५ चैत्रदेखि प्रदर्शनमा आउने फिल्म ‘डोरी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्मको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ ।
पोस्टरमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापा देखिएका छन् । पोस्टरको केन्द्रमा अभिनेत्री बराइलीलाई पारम्परिक पोसाकमा मुस्कानसहित देखाइएको छ, जसले फिल्मको सांस्कृतिक पृष्ठभूमिको सङ्केत गर्छ ।
पोस्टरमा मुख्यतः दुई पात्रहरूलाई विशेष रोचक ढङ्गले प्रस्तुत गरिएको छ—एक पात्रले हास्यव्यङ्ग्य झल्काउने भावमा छ भने अर्को पात्र अत्यन्त आक्रोशित मुद्रामा देखिन्छ । यसले कथावस्तुमा हास्य, सङ्घर्ष, र गम्भीर भावनाहरूको मिश्रण रहेको सङ्केत दिन्छ ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । फिल्ममा वीरेन्द्र सिंह कुशवाहाको पनि अभिनय रहेको छ । फिल्मका निर्माता दिनेश भट्टराई हुन्, भने कार्यकारी निर्माताको रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन् । निर्देशक लामाका अनुसार फिल्मले कथावस्तु, अभिनय, र प्राविधिक पक्षमा नवीनता ल्याउनेछ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फास्ट ट्र्याकमार्फत उपप्राध्यापक नियुक्त गर्दै त्रिवि, आंशिक प्राध्यापकहरूको विरोध
-
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम