यस्तो छ ‘सारंग’को नयाँ पोस्टर

काठमाडौँ । माघ २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सारंग’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक टिजर पोस्टर र ट्रेलरको चर्चा राम्रो भइरहेको समय फिल्मको नयाँ पोष्टर ल्याइएको हो ।
पोस्टरमा ऋचा शर्मा, उत्पल झा लगायत प्रस्तुत गरिएको छ ।
प्रशान्त तामाङको लेखन, निर्माण अनि निर्देशन रहेको फिल्म बाल मनोविज्ञान, बालअधिकार, धनी–गरिब परिवारबिचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको बताइएको छ । एक परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने कथा फिल्मले भन्छ ।
फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमनसागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकारद्वय सम्राट र आदित्य मुख्य भूमिका छ ।
फिल्मको निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन् । दर्शन बुद्धफिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । फिल्ममा शंकर थापा स्माइल र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी छ । फिल्मलाई देशभर स्टेशन ५ ले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति