यस्तो छ ‘सारंग’को नयाँ पोस्टर
काठमाडौँ । माघ २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सारंग’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक टिजर पोस्टर र ट्रेलरको चर्चा राम्रो भइरहेको समय फिल्मको नयाँ पोष्टर ल्याइएको हो ।
पोस्टरमा ऋचा शर्मा, उत्पल झा लगायत प्रस्तुत गरिएको छ ।
प्रशान्त तामाङको लेखन, निर्माण अनि निर्देशन रहेको फिल्म बाल मनोविज्ञान, बालअधिकार, धनी–गरिब परिवारबिचको खाड्लको यथार्थ कथा प्रस्तुत गरिएको बताइएको छ । एक परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने कथा फिल्मले भन्छ ।
फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपीका थापा, सुमनसागर जंग केसी, प्रभात श्रेष्ठका साथमा बालकलाकारद्वय सम्राट र आदित्य मुख्य भूमिका छ ।
फिल्मको निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन् । दर्शन बुद्धफिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको सम्पादन मित्र डि गुरुङले गरेका हुन् । फिल्ममा शंकर थापा स्माइल र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी छ । फिल्मलाई देशभर स्टेशन ५ ले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
-
बिहीबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
लोमान्थाङमा नयाँ पुल बनेपछि...
-
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण