निफमा हट्यो ‘भुठान’, छानियो ‘सानो संसार’
काठमाडौँ । आगामी चैत्र ७ गतेदेखि ११ सम्म काठमाडौँमा आयोजना हुने ‘आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा’ निफको राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत चलचित्र ‘सानो संसार’ छानिएको छ । आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले एक विज्ञप्ति जारी गदै फिल्मको बारेमा जानकारी दिएको हो ।
महोत्सवका लागि ७० देशको ६०० बढी चलचित्रबाट ४० देशका ८७ चलचित्र छानिएको केही अगाडि आयोजकले जानकारी गराएको थियो । त्यस्तै महोत्सवबाट ‘भुठान’ फिल्म हटेको छ । नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको चलचित्र ‘भुठान’ का निर्माताहरुले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सो चलचित्रलाई महोत्सवबाट हटाइएको हो ।
उक्त चलचित्रलाई हटाएपछि त्यसको सट्टामा अर्को चलचित्रलाई समावेश गर्न सकिने हुनाले इच्छुक चलचित्रकर्मीहरूलाई आवेदनको लागि आयोजकले सामाजिक सञ्जाल मार्फत आह्वान गरेको थियो । त्यसपछि प्राप्त चलचित्रहरू मध्यबाट ‘सानो संसार’ छानिएको आयोजक संस्थाका अध्यक्ष के.पी पाठकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
-
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
-
तिलिचो भक्ति यात्रा सम्पन्न
-
हराएका प्राचीन महत्वका पूरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण