‘एक्टरः टेक वन’को प्रिमियर, सहभागीले गरे फिल्मको प्रशंसा
काठमाडौँ । चलचित्र ‘एक्टरः टेक वन’को प्रिमियर गरिएको छ । सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाज्मा गरिएको प्रिमिएरमा फिल्मकर्मी, कलाकार र रंगपत्रकारको बाक्लो उपस्थिति थियो । प्रिमिएरमा सहभागीले कलाकारको अभिनय र फिल्मको प्रशंसा गरे ।
प्रिमिएरमा आकर्षणको केन्द्र फिल्मका कलाकार प्रदीप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा र दिव्या रायमाझी भए । सहिद दिवसको विशेष अवसर पारेर माघ १६ गते, बुधवारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको हो ।
फिल्मको निर्देशक राजन भुसालले गरेका हुन् । फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको मुख्य अभिनय छ । आकाश बराल र राजन भुसालको लेखन रहेको फिल्म अधृत फिल्मस् र अ मोती फिल्मको संयुक्त प्रस्तुतिमा निर्माण भएको हो ।
थमन कुमार भण्डारी निर्माता रहेको फिल्मका क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।
_pwUiCDswz4.jpg)
_PR87DjCRsg.jpg)
_CfMZ3VM43y.jpg)
_r0xrCCH8o0.jpg)
_RCIRzc8Ugp.jpg)
_DGl0cEjpAy.jpg)
_0XO3jHi88T.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण