वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका–६ घर भई काठमाडौँ महानगरपालिका–१४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखा शहिदलखन गाउँपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ बस्ने २४ वर्षीय विशाखा पौडेल रहेका छन् ।
पक्राउ मध्ये सुनिलले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २२ लाख ३८ हजार रुपैयाँ, विकाशले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रुपैयाँ, सुरेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९७ लाख ५४ हजार रुपैयाँ र विशाखाले कुबेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
पक्राउ मध्ये सुनिल, विकाश र विशाखालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ तथा सुरेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस उपसभापति पुष्पा भुसाल कोरियामा
-
सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन
-
जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल
-
सगरमाथा वृक्षरोपण अभियान : पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
-
बेल्बासे वंश समाजमा नयाँ नेतृत्व
-
गण्डकी प्रदेशमा राइड सेयरिङको दर्ता खुल्यो, ३० दिनभित्र गर्न सरकारी सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण