एनएमबि बैंकद्वारा रुकुममा २०२औँ शाखा उद्घाटन
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गरेको छ । बैंकले माघ १४ गते आठबीसकोट, रुकुममा आफ्नो २०२औँ शाखा उद्घाटन गरेको हो ।
उद्घाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबि बैंकका नायब महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा सम्पन्न भयो ।
नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । व्यक्तिगत ग्राहकहरू, व्यवसायीहरू र स्थानीय संस्थाहरूको आवश्यकता सम्बोधन गर्न यो शाखाले महत्त्वपूर्ण भूमिका खेल्नेछ । यस शाखाले क्षेत्रीय आर्थिक गतिविधि र विकासलाई थप गति दिन सहयोग गर्ने विश्वास गरिएको छ ।
एनएमबि बैंकले वित्तीय पहुँचलाई सहज बनाउन देशका विभिन्न भागमा आफ्ना शाखा स्थापना गर्दै आएको छ । बैंकले आफ्ना सेवा सञ्जाललाई विस्तार गरी स्थानीय उद्यमशीलता र समुदायको आर्थिक सशक्तीकरणमा योगदान पु¥याउँदै आएको छ । आठबीसकोट शाखाको उद्घाटनले बैंकको सञ्जाललाई अझ बलियो बनाएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण