अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य अनिलकुमार साह अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडर नियुक्तमा भएका छन् । नक्सालमा मंगलबार पत्रकार सम्मेलनमार्फत अप्टिमस ग्लोबलले नेपाली क्रिकेट टोलीका ब्याटर अनिललाई ब्राण्ड एम्बासडर घोषणा गरेको हो ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अप्टिमस ग्लोबलले राष्ट्रिय क्रिकेट खेलाडी साहलाई तीन वर्षका लागि ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो । अप्टिमस ग्लोबलका अध्यक्ष असीम शर्मा मैनाली र क्रिकेटर साहबिच सम्झौतापत्रमार हस्ताक्षर भएको थियो ।
सो अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद संघका महासचिव राजीव गुरुङले पछिल्ला समय खेलाडीलाई शैक्षिक परामर्सदाताले खेलाडीलाई ब्राण्ड एम्बासडर नियुक्त गर्दै आएको उल्लेख गरे । उनले खेलाडीको अवस्था बुझेर नै यस क्षेत्रले खेलाडीहरूसँग सहकार्य गर्दै आएको धारणा राखे ।
शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष शेषराज भट्टराईले नेपाली क्रिकेटको विकास तथा उत्थानमा इक्यानका सदस्य संस्थाहरुको अग्रसरताको प्रशंसा गरे ।
अनिलको कप्तानीमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको थियो । उनी सन् २०१८ देखि राष्ट्रिय«य क्रिकेट टिममा रही अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । क्रिकेटर साहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी व्यक्त गरे । यस्तो सहकार्यलाई जारी राखेमा नेपाली क्रिकेटले थप उचाइ प्राप्त गर्ने साहको विश्वास छ । उनले खेलकुद र शिक्षा एकआपसमा राम्रोसँग जोडिँदा आएको र खेलकुदलाई माया गर्ने अधिकांश विद्यार्थीहरू रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026