विद्यालय शिक्षाबाट विकास प्रक्रियामा उल्लेखनीय योगदान पुगेको छ : पूर्वराष्ट्रपति भण्डारी
धरान । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनुशासित शैक्षिक जनशक्तिबाट देशको समग्र विकास प्रक्रियामा उल्लेखनीय सहयोग प्राप्त भएको बताएकी छन् ।
इटहरीस्थित जनता माध्यमिक विद्यालयको ६८ औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाका माध्यमबाट समतामूलक समाज निर्माणमा सहयोग पुगेको उल्लेख गरिन् ।
पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘विद्यार्थीको समग्र विकास गर्दै परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमान्दार नागरिक तयार गर्न विद्यालय शिक्षाले अहम भूमिका खेलिरहेको छ ।’
जनता माध्यमिक विद्यालयले शिक्षाको आधारभूत मान्यतालाई आत्मासाथ गर्दै गुणस्तरीय शिक्षाको माध्यमबाट समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको उनको भनाइ छ । उनले भनिन्, ‘शिक्षा क्षेत्रमा नेपाल सरकारको उल्लेखनीय लगानी भए पनि शैक्षिक प्रणालीमा अपेक्षित उपलब्धि गर्न सकिएको छैन । सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सरकारले थप पहल गर्नुपर्नेछ ।’
कार्यक्रममा कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राई, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेललगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण