‘फेरि रेशम फिलिलि’को दोस्रो पोस्टरमा देखिए विनय, सुपुष्पा र कामेश्वर
काठमाडौँ । फिल्म ‘फेरि रेशम फिलिलि’को दोस्रो पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया तथा सुपुष्पा भट्ट मेटिएका छन् । पोस्टरमा विनयलाई भूँईमा पछारिएको अवस्थामा हातमा पासपोर्ट देखाइरहेको देख्न सकिन्छ ।
उनीमाथि अभिनेत्री सुपुष्पाले आक्रोशपूर्ण शैलीमा बन्दुक ताकिरहेको र कामेश्वरले दुई हात जोडेर माफी मागिरहेको देख्न सकिन्छ । पोस्टरको नेपथ्यमा नेपालको धरहरा र अमेरिकाको ‘स्ट्याचु अफ लिबर्टी’ देखाइएको छ ।
पोस्टरमा विनयमाथि सुपुष्पाले तेस्र्याएको बन्दुक रहस्यमा नै कथा बुनिएको बुझ्न सकिन्छ । योसँगै पोस्टर हेर्दा धेरै नेपालीको स्वप्न मुलुक अमेरिकाप्रतिको आशक्ति, आकर्षणलाई पारिवारिक तथा सामाजिक चक्षुबाट फिल्मले नियाल्न खोजेको समेत बुझ्न सकिन्छ ।
फिल्म निरज महर्जनले निर्देशन गरेका हुन् । फिल्ममा विनय, सुपुष्प, कामेश्वरको अलवा नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ ।
‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै छ । सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन छ । पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन् ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । फिल्म यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण