सहिदस्मारक पुगेर प्रधानमन्त्री र मन्त्रीहरूले गरे सहिदप्रति सम्मान प्रकट, तस्बिरहरू
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीहरूले सहिदहरुको सम्मानस्वरुप श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सहिद दिवसका अवसरमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णु पौडेलसहित मन्त्रीहरू सहिदगेट र सहिद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गरेका हुन् ।
प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा जीवन आहुति दिनेहरूको सम्झनामा सरकारले माघ १६ गते सहिद दिवस मनाउँदै आएको छ ।
दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सहिद सप्ताहको अन्तिम दिन बुधबार भव्य रूपमा सहिद दिवस मनाउने निर्णय गरेको थियो ।
विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइने गरेपनि त्यसयता लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिदगेटपछि प्रधानमन्त्रीसहित मन्त्रीहरू लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदप्रति सम्मान प्रकट गरे ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा सरकारले मृत्युदण्ड दिएको थियो ।

_qYpwEJ1aNT.jpg)
_EhC26qZVdk.jpg)
_EJX82zM3NC.jpg)
_GNeiNUEaJw.jpg)
_1IUvUMVYuj.jpg)
_Uee9ONPoQT.jpg)
_ue0f4wAOMs.jpg)
_Qy6WSjTMtI.jpg)
_kF1o06lu3n.jpg)
_sU2Kky3MJ2.jpg)
_29E93Gozes.jpg)
_y84w99pbTb.jpg)
_6Z9JqowHtq.jpg)
_loFWezTxlQ.jpg)
_jX65TQNiyn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण