दीपानारायणको स्वरमा ‘कोपिलाको पुकार’ सार्वजनिक
बुधबार, १६ माघ २०८१, १२ : ५५
काठमाडौँ । गायिका दीपानारायण झाको स्वर रहेको गीत एल्बम कोपिलाको पुकार सार्वजनिक गरिएको छ । गीतकार सङ्घले राजधानीमा एक कार्यक्रम गर्दै एल्बम सार्वजनिक गरेको हो । एल्बममा समाजसेवी, साहित्यकार तथा गीतकार सरला श्रेष्ठको एकल शब्द छन् ।
६ वटा गीतहरू समावेश एल्बम मुम्बईको कृष्ण स्टुडियोमा रेकर्ड गरिएको हो । एल्बमका गीतमा नरेन्द्र प्यासी, लक्ष्मण पोखरेल, मनोज चौलागाईं, बबिना भट्टराई, सरोज पोखरेल, शंकर थापा स्माईलले संगीत भरेका छन् । गीतमा दिपानारायणलाई अन्जु पन्त, प्रताप दास, बबिना भटटराई, शिवराम विश्वकर्मा लगायतले स्वरमा साथ दिएका छन् ।
गीतकार सरला श्रेष्ठको यात्रा शुभारम्भ कविता सग्रहमा सङ्गृहीत गीति कविता कोपिलाको पुकारलाई सङ्गीतकार लक्ष्मण पोखरेलले गीति लयमा तयार पारेका हुन । गीतमा मनोज चौलागाईको एरेन्ज छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण