‘एक्टरः टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले फिल्म खेल्न पाउने
काठमाडौँ । फिल्म ‘एक्टरः टेक वन’ले ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । विजेतालाई ‘एक्टरः टेक वन’को निर्माण कम्पनी अधृत फिल्स् प्रा.लिले निर्माण गर्ने आगामी फिल्ममा अभिनय अवसर दिने गरेर कन्टेस्ट घोषणा गरेको हो ।
कन्टेस्टमा विश्वभरका नेपालीले सहभागिता जनाउन सक्नेछन्, जसको लागि फिल्म ‘एक्टरः टेक वन’को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा १ मिनेट लामो भिडियो बनाई आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुपर्ने हुन्छ । पोस्ट गर्दा यस फिल्मका ह्यान्डलहरू फेसबुक, इन्स्टाग्राम र टिकटकमा ट्याग वा मेन्सन गर्नुपर्ने तथा ह्यासट्यागमा लेख्नुपर्ने जनाइएको छ ।
कन्टेस्टमा सहभागीले नियमपूर्वक पोस्ट गरेका भिडियोलाई फिल्मको आन्तरिक सृजनात्मक टिमले मूल्याङ्कन गरी विजेता घोषणा गरिने बताइएको छ । यो कन्टेस्टको समयावधि माघ ३० गतेसम्म रहने छ । यस कन्टेस्टको लागि ‘एक्टरः टेक वन’का कलाकार प्रदीप खड्काले विजेता घोषणा गर्नेछन् ।
निर्माण युनिटले कलाकार हुन चाहने नयाँ र प्रतिभावान् व्यक्तिलाई अवसर प्रदान गर्ने उद्देश्य कन्टेन्ट ल्याएको बताउको छ ।
राजन भुसालद्वारा निर्देशित फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण