सामाजिक सञ्जालमा मिथ्या कुरा आउँदा नकारात्मक सोच हाबी : डा महत
बुटवल । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सामाजिक सञ्जालमा आएको मिथ्या कुराहरूले स्थापित दलहरूप्रति विकर्षण आएको बताएका छन् । कांग्रेस रुपन्देही-२ क्षेत्रीय समितिले आज बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महतले सामाजिक सञ्जालमा मिथ्या कुराहरू आउने क्रम बढेको उल्लेख गरेका हुन् ।
उनले युवाहरूले सामाजिक सञ्जालमा धेरै विश्वास गर्ने र सामाजिक सञ्जालले सत्यलाई झुट र झुटलाई सत्य जस्तो भ्रममा पार्ने उनको भनाई थियो । महतले सामाजिक सञ्जालले समाजमा नकारात्मक सोच हाबी भएको भन्दै त्यसलाई उल्टाएर सकारात्मक सोचको विकास गर्नुपर्ने धारणा राखे।
उनले अहिले मुलुकको लागि कांग्रेसबाहेक अरूको विकल्प नभएको उल्लेख गर्दै कांग्रेस छोडेर जानुपर्ने कुनै कारण नभएको जिकिर गरे । संगठनमा जहाँ समस्यामा छ, त्यहाँ केन्द्रित भएर समाधान खोज्नुपर्ने उनको भनाई थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
-
अमेरिकी शीर्ष कूटनीतिज्ञ विटकफ वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण