फेरि रेशम फिलिलिको ‘फेरि जालमा’ गीत सार्वजनिक, तस्बिरहरू
काठमाडौँ । फाल्गुन १४ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘फेरि रेशम फिलिलिको’ को ‘फेरि जालमा ' बोलको गीत सार्वजनिक भएको छ । काठमाडौँ मा आज एक समारोह मा गीत सार्वजनिक गरिएको हो ।
_yWNwxoTs48.jpg)
कालीप्रसाद बास्कोटा र सोमिया बराइलीको स्वर रहेको गीतमा शब्द मानस राज को रहेको छ भने सङ्गीत रिकेश गुरुङको रहेको छ । यो सिनेमालाई निरज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।
_BYyTFKv8SC.jpg)
सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरसिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ । यो सिनेमामा ‘रेशम फिलिलि’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेकको अधिकांश टिम पुरानै रहेको छ ।
_6gWRh4xtIz.jpg)
सुसन प्रजापतिको छायाङ्कन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बास्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको सङ्गीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कँडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
_bwYZYVOYPN.jpg)
_FUgTxQqgwj.jpg)
_oLLKLsNFJJ.jpg)
_VqWXURcNjM.jpg)
_DvSeJO1Cxi.jpg)
_NxluX1NVGL.jpg)
_Cn2DhtlAk1.jpg)
_TK764ptby7.jpg)
_ttYwgJcpbj.jpg)
_2YtGNxb0cM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण