नौ जनालाई नइ बाल पुरस्कार
काठमाडौँ । नइ प्रकाशनले आ–आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ देखि १५ वर्षसम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
‘नइ बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, सङ्गीततर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन, खेलकुदतर्फ सुप्रिया ऐर छन् ।
पुरस्कारका राशि ताम्रपत्रसहित जनही १० हजार रुपैयाँ रहेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।
यसैगरी नइ कोपिला पुरस्कार गायनमा काव्या शिवाकोटी र नृत्यमा सुधा तामाङलाई समर्पण गर्ने निर्णय भएको उनले बताए । ताम्रपत्रसहित यी पुरस्कारको राशि जनही सात हजार रुपैयाँ रहेको छ ।
ताम्रपत्रसहित पाँच हजार रुपैयाँ राशिको नइ चिचिला पुरस्कार तीन वर्षकी मानशी भण्डारीलाई समर्पण गरिने भएको छ ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण