कम्पनीले एआई फिचर ल्याउँदा ल्याउँदै पनि किन घट्यो आइफोनको विक्री ?
क्यालिफोर्निया । गएको वर्ष अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलको आइफोनको विक्री घटेको छ । कम्पनीले नयाँ नयाँ कृत्रिम बौद्धिकतायुक्त फिचरहरू ल्याइरहेको भएपनि यसले उपभोक्ताहरूलाई आइफोनतिर अपेक्षा गरेअनुरुप तान्न सकेको छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकारी टिम कूकले बताएअनुसार नयाँ फिचरले अमेरिका लगायत देशहरूमा भने विक्री बढाउन निकै मद्दत गरेको छ ।
तर समग्रमा भने विश्वभरमा गएको वर्ष विक्री घटेको छ । २०२३ मा कम्पनीले ६९ अर्ब १० करोड डलर बराबरको आइफोन बेचेको छ । विक्रीको यो आकार अघिल्लो वर्षको तुलनामा १ प्रतिशत कम हो ।
पछिल्लो समय चीनमा कम्पनीको विक्री घटिरहेको छ । अमेरिकामा पनि अतिरिक्त महसुल लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको चेतावनीका कारण विक्री प्रभावित हुने सम्भावना छ ।
चीनमा बनेर आउने सामानमा ६० प्रतिशतसम्म अतिरिक्त महसुल लगाउने ट्रम्पले भनेका छन् । एप्पलका अधिकांश प्रडक्ट चीनमै बन्छन् । अवस्थालाई कम्पनीले नजिकबाट नियालिरहेको बिहीबार कूकले लगानीकर्ताहरूलाई भनेका थिए । कम्पनीले अप्रिलदेखि अन्य भागमा पनि एआई फिचर ल्याउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण