कम्पनीले एआई फिचर ल्याउँदा ल्याउँदै पनि किन घट्यो आइफोनको विक्री ?

क्यालिफोर्निया । गएको वर्ष अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलको आइफोनको विक्री घटेको छ । कम्पनीले नयाँ नयाँ कृत्रिम बौद्धिकतायुक्त फिचरहरू ल्याइरहेको भएपनि यसले उपभोक्ताहरूलाई आइफोनतिर अपेक्षा गरेअनुरुप तान्न सकेको छैन । कम्पनीका प्रमुख कार्यकारी अधिकारी टिम कूकले बताएअनुसार नयाँ फिचरले अमेरिका लगायत देशहरूमा भने विक्री बढाउन निकै मद्दत गरेको छ ।
तर समग्रमा भने विश्वभरमा गएको वर्ष विक्री घटेको छ । २०२३ मा कम्पनीले ६९ अर्ब १० करोड डलर बराबरको आइफोन बेचेको छ । विक्रीको यो आकार अघिल्लो वर्षको तुलनामा १ प्रतिशत कम हो ।
पछिल्लो समय चीनमा कम्पनीको विक्री घटिरहेको छ । अमेरिकामा पनि अतिरिक्त महसुल लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको चेतावनीका कारण विक्री प्रभावित हुने सम्भावना छ ।
चीनमा बनेर आउने सामानमा ६० प्रतिशतसम्म अतिरिक्त महसुल लगाउने ट्रम्पले भनेका छन् । एप्पलका अधिकांश प्रडक्ट चीनमै बन्छन् । अवस्थालाई कम्पनीले नजिकबाट नियालिरहेको बिहीबार कूकले लगानीकर्ताहरूलाई भनेका थिए । कम्पनीले अप्रिलदेखि अन्य भागमा पनि एआई फिचर ल्याउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो