यस्तो छ ‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’
काठमाडौँ । आगामी फागुन २३ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड गरिएको छ ।
शब्द तथा सङ्गीत अर्जुन पोखरेलको रहेको गीतमा रेश्मा पुन र उकेश रावलको स्वर छ । भिडियोको कोरियोग्राफी प्रवीण सिंहले गरेका हुन् । गीतले किशोर किशोरीको प्रेमलाई झल्काउँछ ।
चलचित्रको यसअघि ‘टिक टिक टिक’ बोलको गीत सार्वजनिक भएको थियो । गीतले राम्रो चर्चा पाइरहेको छ । ‘होस्टेल ३’ सफल चलचित्र ‘होस्टेल’ को तेस्रो संस्करण हो । चलचित्रको निर्देशन सशान कँडेलले गरेका हुन् ।
चलचित्रमा पारस र सिम्रनसहित रिहान गिरि, आशिष् घिमिरे, पदम तामाङ, हेना नगरकोटी, र समा पराजुली लगायतको अभिनय छ ।
सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मससँगको सहकार्यमा निर्माण गरेको चलचित्र सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।
सह निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् । चलचित्रको नेपाल वितरक आरआर फिल्मस र काफिया फिल्मस रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण