आजबाट काठमाडौँमा ‘जापानी फिल्म फेस्टिभल २०२५’
शुक्रबार, १८ माघ २०८१, ११ : २४
काठमाडौंँ । जापानी राजदूतावास र जापान फाउन्डेसनको संयुक्त आयोजनामा ‘जापानी फिल्म फेस्टिभल २०२५’ आजबाट सुरु हुने भएको छ । काठमाडौँ र पोखरामा हुने फेस्टिभलको आज (जनवरी ३१) मा काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा उद्घाटन हुनेछ ।
फेष्टिभल काठमाडौँमा फ्रेबुअरी १ सम्म चल्नेछ भने फेब्रुअरी ७ र ८ मा पोखराको गैरापाटनस्थित पोखरा उद्योग वाणिज्य संघमा हुँदैछ ।
पोखरा र काठमाडौँमा गरी चार दिन चल्ने फेस्टिभलमा जापानका १० फिल्म देखाइनेछ । काठमाडौँमा ‘ब्रेभ फादर अनलाइनः आवर स्टोरी अफ फाइनल फन्टासी एक्सआइभी’, ‘आईटीओ,’ ‘ड्रिमिङ अफ द मेरिडियन आर्क,’ ‘लु ओभर द वाल,’ र ‘द फिश टेल’ देखाइनेछ ।
त्यस्तै पोखरामा ‘तकानो तोफु,’ ‘होयर आइ बिलङ,’ ‘एन्ड सो द बटोन इज पास्ड,’ ‘कि अफ लाइफ’ र ‘द लाइन द् याट डिफाइन मि’ देखाइनेछ । फेस्टिभलमा प्रवेश निशुल्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण