पार्टी जीवनमा आएका अप्ठ्याराहरू चिरेर आगामी कदम अघि बढाउँछौँ : सन्तोष परियार
शुक्रबार, १८ माघ २०८१, १७ : ३२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी जीवनमा आएका अप्ठ्याराहरू चिरेर आगामी कदम अघि बढाउने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक परियारले अभियान, क्रान्ति र देश निर्माणमा हिँड्ने क्रममा राजनीतिक पार्टीका जीवनमा यस किसिमका घटनाहरू हुने गरेको बताए । उनले देश निर्माण गर्ने नयाँ पुस्ताको अभियानलाई निरन्तर रूपमा अघि बढाउने बताए ।
उनले भने, ‘एउटा अभियान, क्रान्ति र देश निर्माणमा हिँडिरहँदा एउटा राजनीतिक पार्टीका जीवनमा अनेक घटनाहरू हुन्छन् । हामीलाई थाहा छ । पार्टी जीवनमा आएका अप्ठ्याराहरू चिरेर आगामी कदम अघि बढाउँछौँ ।’
प्रमुख सचेतक परियारले पार्टी र खास नेताहरूको जीवनमा यस्ता घटनाहरू हुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण