सिराहामा ४५ हजार किशोरीलाई एचभीपी खोप लगाइँदै
सिराहा । सिराहामा ४५ हजारभन्दा बढी किशोरीहरूलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खोप अभियोजन अन्तर्गत सिराहामा १० देखि १४ वर्ष उमेर समूहका ४५ हजार चार सय ६३ जना किशोरीलाई खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका जनस्वास्थ्य अधिकृत कृष्णदेव यादवले जानकारी दिए ।
जिल्लाका १७ पालिकामा तीन सय ६३ विद्यालय र एक सय ५५ स्वास्थ्य संस्थासहित पाँच सय १८ खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य अधिकृत यादवले जानकारी दिए । अभियान अन्तर्गत कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत छात्राहरूलाई खोप लगाउने लक्ष्य लिएकाले विद्यालयलाई खोप केन्द्र बनाइएको यादवले बताए ।
उनले भने, ‘अभियोजन अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गरिरहेका छात्राहरूलाई खोप लगाउने हो । विद्यालय नआउने वा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई भने पायक पर्ने विद्यालय वा अन्य खोप केन्द्र मार्फत खोप लगाइने छ ।’
जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन हुने जनाएको छ । सिराहा, मिर्चैया, कल्याणपुर, कर्जन्हा, लहान, सुखिपुर, नगरपालिका र विष्णुपुर, नरहा, सखुवानन्कारकट्टी गाउँ पालिका पहिलो चरयामा खोप लगाइने छ ।
दोस्रो चरण अन्तर्गत औरही, अर्नामा, बरियारपट्टी, नवराजपुर, लक्ष्मीपुरपतारी, भगवानपुर गाउँ पालिका र सुखिपुर, धनगढीमाई, गोलबजार नगरपालिकामा खोप अभियान सञ्चालन हुने छ ।
जनस्वास्थ्य अधिकृत यादवले खोपकर्तालाई आवश्यक तालिम, अभिमुखीकरणसहित तयारी गरिसकिएको जानकारी दिए ।
उनले खोप प्रभावकारी र सुरक्षित रहेकोले सबैले यसमा सहभागी जनाउनु पर्ने बताए । उनले भने, ‘खोपहरूका बारेमा विभिन्न अफवाहहरू फैलने गर्दछ । यो खोपको बारेमा पनि केही अफवाहहरू भइरहेको छ । त्यो अफवाहको पछि लाग्नु हुँदैन । यो खोप सुरक्षित र प्रभावकारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
-
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक (तस्बिरहरू)
-
सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने
-
के छ रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
-
डेढ लाख ऋण, चार लाख तिरिसक्दा पनि सकिएन अनि त्यागिन् प्राण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण