मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सीमा विवाद भावनात्मक बहस होइन, तथ्य प्रमाणमा समाधान खोज्छौँ : रवि लामिछाने

मङ्गलबार, ०९ असार २०८३, २० : ३०
मङ्गलबार, ०९ असार २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीको परराष्ट्र सम्बन्ध पारस्परिक सम्मान,समानता, विश्वास र साझा हितमा हुने बताएका छन्। 

चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशनमा सभापति लामिछानेले मंगलबार पेस गरेको राजनीतिक प्रतिवेदनमा छिमेकी मुलुक भारत र चीन दुवैसँग सन्तुलित, स्थिर र व्यवहारिक सम्बन्ध कायम गर्दै व्यापार पूर्वाधार, ऊर्जा, पर्यटन शिक्षा, प्रविधि तथा क्षेत्रीय कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन्। 

‘सीमा व्यवस्थापन सीमा विवाद तथा ऐतिहासिक सन्धि सम्झौताका विषयलाई भावनात्मक बहस होइन, तथ्य प्रमाण र अन्तर्राष्ट्रिय अभ्यास तथा संस्थागत संवादमार्फत समाधान खोज्न हामी कटिबद्ध छौँ’, सभापति लामिछानेले आफ्नो प्रतिवदनमा उल्लेख गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप