मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने

मङ्गलबार, ०९ असार २०८३, २० : ५३
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने भएको छ।
  • सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालत काठमाडौँले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ।
  • पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा नियन्त्रणमा लिइएको छ।

काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने भएको छ । 

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमै नियन्त्रणमा छन् । उनलाई आज राति भने प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने विभागका एक अधिकृतले रातोपाटीलाई बताए। 

सुर्खेत प्रहरीबाट पक्राउ पछि काठमाडौँ ल्याएर उनलाई आजै म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । जसअनुसार विशेष अदालत काठमाडौँले पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ।

न्यायाधीशत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुमति दिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप