विधेयक पारित गर्न समय तोक्ने मुख्य कुरा होइन : सभामुख घिमिरे
विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदबाट ६० दिनभित्र विधेयक पारित गर्नुपर्छ भन्ने प्रधानमन्त्रीको कुरा मुख्य नभएको बताएका छन् । विराटनगरस्थित होटेल बिगमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख घिमिरेले विधेयक पारित गर्ने प्राविधिक कुरा नभएर छिटो काम गर्ने विषय भएको बताए ।
‘मुख्य कुरा दायित्व र जिम्मेवारीलाई पुरा गर्ने मुख्य कुरा हो । यसलाई कानुनी व्यवस्था गरौँ वा नियमावलीले बाँधौँ भन्ने कुरा आएको छ । जुन कुरा प्रधानमन्त्रीले भन्नुभयो । मुख्य कुरा त्यो होइन,’ घिमिरेले भने, ‘तर समयभित्र आएका विधेयकलाई टुङ्गो लगाउने काममा संसद् गम्भीर बन्नुपर्छ । सबै गम्भीर बनेपछि अगाडि जान सक्छ ।’
उनले समयावधि भएन भन्ने निष्कर्षमा पुगिएको हो भने समय पनि तोक्न पनि सकिने बताए । तर, काम गर्दा टुङ्गिने कुरा भएकोले काममै ध्यान दिनुपर्ने उनको तर्क छ । उनले संसदीय समितिमा अहिले पनि १४ वटा विधेयक छलफलमा रहेको बताए ।
‘अहिले पनि संसदीय समितिमा १४ वटा विधेयक छन् । सङ्घीयतासँग सम्बन्धित निजामती ऐन, विद्यालय शिक्षा विधेयक पनि त्यही रहेको छ । अहिले हामीले ५ दिनसम्म संसद् स्थगित गरेको कुरा भनेको समितिलाई अवसर दिएको हो,’ घिमिरेले भने ।
उनले सङ्घीयता कार्यान्वयनसम्बन्धी सबै कानुनहरू बन्ने गरी प्रतिनिधिसभाले कोसिस गरिरहेको बताए । ‘संसद्ले गर्नुपर्ने काम नगरिरहेको महसुस गरेका छौँ । त्यो सबै गर्ने भनेको दलका माननीयज्यूहरूकै भूमिकाको कारणले हो । एउटा अधिवेशनभरकै क्यालेन्डर बनाउने कोसिस छ । तर, अलिक गाह्रो छ,’ सभामुख घिमिरेले भने, ‘म सभामुख हो । सभामुख भएको बेलामा थोरै कानुन हुँदा फलाना हुँदा थोरै भए भन्ने कुरा हो । के कारणले भयो भन्ने कुरा खोज्नुपर्यो, को जिम्मेवार हो ? ।’
उनले सरकारले संसदमा विचाराधीन रहेका विधेयकहरूका विषय पनि अध्यादेशमा ल्याएको विषयमा सदनले अस्वीकार गर्न सक्ने अधिकार संसद्लाई रहेको बताए । ‘सदनमा हुँदाहुँदै ल्याउन (अध्यादेश) पाइँदैन नि भन्ने हो भने । त्यो फिर्ता गर्न पनि सदन चाहिन्छ । सदन बसेपछि दुई वटा छलफल हुँदैन । एउटा फिर्ता हुन्छ एउटा छलफल हुन्छ,’ घिमिरेले भने ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेता, कार्यकर्ता भेटघाट गरिरहेको र राजनीतिमा फर्किने चर्चा भइरहेको विषयमा प्रतिक्रिया दिँदै सभामुख घिमिरेले पूर्व राष्ट्रपति हिँड्नु हुँदैन, कसैलाई भेट्नु हुँदैन भन्ने नभएको र आफूले पनि भेटेर सन्चो बिसन्चो सोधेको बताए । ‘मैले पनि भेटेर आएको हुँ । भेटमा सन्चो बिसन्चोको कुरा भयो । विकास निर्माणको कुरा भयो । सल्लाह, सुझावको कुरा भयो,’ घिमिरेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण