राजवल्लभले सार्वजनिक गरे ‘औरा’
काठमाडौँ । अभिनेता राजवल्लभ कोइरालाले कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक गरेका छन् । शनिबार आयोजित एक समारोह बिच उनले कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनले अहिलेको अवस्थासम्म आउन ४३ वर्ष लागेको बताए ।
‘कलाकार र कवि मेरो दुई पक्ष छ’, उनले भने ‘आज दुवै पक्षले आत्मीयता गरेको अनुभूति गरेको छु ।’ कृति छोरी औरामा समर्पित रहेको उनले बताए । पछिल्लो पटक ‘एक्टरः टेक वन’ फिल्मको छायांकन समय कृतिको तयारी गरेको उनले कार्यक्रममा कविता वाचन समेत गरे ।
पुस्तक विमोचन कार्यक्रममा साहित्यकार विप्लव प्रतीक, पत्रकार दिलभुषण पाठक, फिल्म निर्देशक दीपाश्री निरौला, निर्माता तथा गीतकार अविरल थापालगायत सर्जक तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो ।
‘औरा’लाई साहित्यपोस्ट डटकमले प्रकाशन गरेको हो । १०० भन्दा बढी कविता समावेश गरिएको संग्रहको आवरण कलाकार चिराग बाङ्देलले डिजाइन तयार गरेका हुन् ।
आरजे हुदै अभिनयमा प्रवे गरेका कोइराला अभिनीत पछिल्लो फिल्म ‘एक्टर : टेक वान’शुक्रबारबाट प्रदर्शन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण