बुटवलमा सवारी दुर्घटनामा एक जनाको मृत्यु
आइतबार, २० माघ २०८१, १९ : ०१
बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ८८६ नम्बरको ट्रकले लु९४प ८५९४ नम्बरको स्कुटरलाई बुटवलको चौराहामा ठक्कर दिँदा स्कुटरका चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा गुल्मी स्थायी घर भई हाल बुटवल बस्ने ७२ वर्षीय धनबहादुर पुन रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
-
अमेरिकी शीर्ष कूटनीतिज्ञ विटकफ वार्ताका लागि स्विट्जरल्याण्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण