जापानद्वारा ‘मिचिबिकी उपग्रह’ प्रक्षेपण
टोकियो । जापानले आइतबार तानेगाशिमा स्पेस सेन्टरबाट ‘एच३ रकेट नम्बर ५’ मिचिबिकी नेभिगेसन उपग्रह (स्याटेलाइट) प्रक्षेपण गरेको छ ।
‘मिचिबिकी’ स्मार्टफोन, कार नेभिगेसन प्रणाली र अन्य स्थान–आधारित सेवाहरूको लागि जीपीएस सटीकता बढाउन डिजाइन गरिएको जापानी उपग्रह हो ।
हाल जापानको परिक्रमा गर्ने चारवटा उपग्रहहरू समावेश छन्, जसले सञ्चार सङ्केत नभएका क्षेत्रमा आपत्कालीन भूकम्पको चेतावनी पनि दिन्छ ।
जापान सरकारले विदेशी जीपीएस नेटवर्कमा निर्भरता कम गर्दै प्रणालीलाई चारबाट सात स्याटेलाइटमा विस्तार गर्ने लक्ष्य राखेको छ । भर्खरै प्रक्षेपण गरिएको मिचिबिकी ६ लाई पृथ्वीबाट करिब ३६ हजार किलोमिटर माथि जियोस्टेशनरी अर्बिटमा राखिनेछ ।
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) र मित्सुबिशी हेभी इंडस्ट्रीजद्वारा विकसित एच३ रकेटले एच२ए रकेटको सञ्चालनलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ ।
आइतबारको प्रक्षेपण देशमा एच३को पाँचौँ प्रक्षेपण थियो । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण