ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
आइतबार, २० माघ २०८१, २० : १०
काठमाडौँ । काठमाडौँको महाराजगन्जबाट ज्यान मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको माडी घर भएर मोरङ बस्ने शिवकुमारी सापकोटा उर्फ सरस्वती छन् ।
उनलाई हत्यामा संलग्न भएको १६ वर्षपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । २०६५ भदौ २६ मा भक्तपुरको नंखेलस्थित सडकमा शान्ता घिमिरेको हत्या भएको थियो । दाउ प्रहार गरेर २८ वर्षीय घिमिरेको हत्या गर्ने योजनामा सापकोटा संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण