युवालाई प्रधानमन्त्री ओलीको सुझाव : झिँगाको होइन मौरीको सङ्गत गर्नुहोस्
सोमबार, २१ माघ २०८१, १२ : २५
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले गलत सङ्गत नगर्न युवाहरूलाई सुझाव दिएका छन् । सोमबार राजधानीमा युवासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै गलत सङ्गतले जीवन नै बर्बाद हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।
‘गलत सङ्गत बहुत खतरनाक चिज हो । त्यस्तो सङ्गत कहिल्यै नगर्नोस् । राम्रोको सङ्गत गर्नुभयो भने सक्षम र सफल व्यक्ति बन्न सक्नुहुन्छ । नराम्रोको सङ्गत गर्नुभयो भने निराशामा फस्ने, इर्स्यालु बन्ने सम्भावना हुन्छ । यसले जिन्दगी बर्बाद बनाउँछ ।’
उनले भने– ‘मौरीको साथ लाग्नुभयो भने फूलमा पुगिन्छ । झिँगाको साथ लाग्नुभयो भने फोहरमा पुग्नुहुन्छ । मौरीले मह जस्तो औषधी दिन्छ । तर झिँगाको साथ लाग्नुभयो भने अनेक प्रकारका रोग निम्तन्छ । त्यसमा सचेत रहेर काम गर्नोस् । अरूको लहै लहैमा लागेर निर्णय लिनुभन्दा आफूले बुझेर निर्णय लिँदा सफल भइन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले साउन ३ गतेसम्म थप्यो सदस्यता वितरणको समय
-
५० वर्षको भयो अमेरिका, तर विभाजनको राजनीति जस्ताको त्यस्तै
-
मधेस प्रदेशमा 'असारे खर्च' : २० दिनमै ३ अर्ब ३२ करोड
-
माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन् : प्रचण्ड
-
पानी पर्न थालेपछि डेङ्गुको जोखिम बढ्यो
-
सामुदायिक विद्युतीकरणः योगदानको सम्मान र भविष्यको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण